अर्यालले भनेका थिए, ‘आगो लगाइदिन्थेँ’, घुससहित समातिएका थिए कवारीका कर्मचारी | Khabarhub Khabarhub

दुई सीडीओलाई स्पष्टीकरण

अर्यालले भनेका थिए, ‘आगो लगाइदिन्थेँ’, घुससहित समातिएका थिए कवारीका कर्मचारी


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नै बोली र कार्यशैलीका कारण दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले स्पष्टीकरण दिनुपरेको छ ।

गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रजिअ लालबाबु कवारीलाई बुधबार मन्त्रालयमै झिकाएर स्पष्टीकरण सोधेका हुन् ।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार मधेश प्रदेशअन्तर्गतका दुई सीडीओमध्ये एकजनालाई घूस प्रकरण र अर्कालाई सार्वजनिक रुपमा दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।

महोत्तरीमा सीडीओ कवारीलाई जिल्ला प्रशासन कार्यालयमै कार्यरत एकजना कर्मचारीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घूस लिएको प्रकरणमा स्पष्टीकरण सोधिएको हो ।

उता पर्साका सीडीओ अर्याललाई भने ३० कात्तिकमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औँ साधारण सभाका क्रममा दिएको विवादित अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।

‘दुवैजनालाई गृहमन्त्रीज्यूले मौखिक स्पष्टीकरण लिनु भएको छ । उहाँहरूलाई सचेत गराएर पठाइएको छ’, मन्त्री लेखकको सचिवालयका एक सदस्यले भने, ‘अहिलेलाई मौखिक स्पष्टीकरण मात्रै लिइएको छ । थप कारबाही गर्ने निर्णय भएको छैन ।’

अर्यालले भनेका थिए, ‘म भए आगो लगाइदिन्थेँ’

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा २०८० मंसिर १२ गते सुत्केरीको मृत्यु भयो । सुत्केरी भएर तीन केजीको छोरा जन्मियो भन्दै अस्पताल प्रशासनले परिवारलाई बधाई पनि दियो ।

तर त्यही अस्पतालले गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएको खबर केही बेरमै दियो । त्यसपछि तनाव हुँदा आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरे । अस्पतालमा पनि तोडफोड भयो ।

स्वस्थ छोरा जन्मियो भनेर बधाई दिएको अस्पतालले आमाको मृत्यु प्रकरणमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउँदा उक्त घटना हुन पुगेको रुपन्देही प्रशासनको निष्कर्ष थियो । एक लाख मान्छेमा एकजनालाई लाग्ने भनिएको पाठेघर संकुचनको समस्या हुँदा ‘ब्लड सर्कु्लेशन’ रोकिएर हर्ट एट्याकका कारण उनको मृत्यु भएको पोस्टमार्टम प्रतिवेदनले देखायो ।

के भनेका थिए अर्यालले ?

भिडियो स्रोत : घण्टाघर टीभी

त्यसबेला रुपन्देहीको प्रमुख जिल्ला अधिकारी थिए गणेश अर्याल । उक्त प्रकरणमा डाक्टर कुटिएको भन्दै नेपाल चिकित्सक सघंले देशब्यापी आन्दोलनको धम्की दियो । अर्याललाई सीडीओको जिम्मेवारीबाट हटाउन भन्दै त्यसबेला नेपाल चिकित्सक संघले गृहमन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो ।

त्यही प्रकरणलाई लिएर हाल पर्साको प्रमुख जिल्ला अधिकारी रहेका अर्यालले गत कात्तिक ३० गते वीरगञ्जको एउटा कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिए ।
उक्त प्रकरणबारे उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औँ साधारण सभामा धारप्रवाह भाषण दिएका अर्यालले रुपन्देहीको घटनाबारे पर्सा आएपछि बोल्दा अब समस्या नहुने बताए ।

अर्यालका अनुसार आम्दा अस्पतालले सुत्केरी मृत्यु प्रकरणमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको थियो । ‘बच्चा जन्मिएपछि बधाई दिएको अस्पतालले सुत्केरीको मृत्युपछि शव मर्चरी भ्यानमा राखिदियो । आमाको मृत्यु भइसक्यो लिएर जाऊ भनेर ठाडठाडै भनिदियो । अस्पताले ठाडो शैलीमा त्यसो भन्दा आफन्त कस्तो अवस्थामा पुगे होला ?’, उनले भने, ‘विरामीको मुखमा हेरेर कुरा गर्नुछ छैन । तिम्रो मान्छे मर्‍यो भनिदिँदाखेरी हुँदैन तोडफोड ? म भए त आगो लगाइदिन्थेँ, धन्न तोडफोड मात्रै भएछ ।’

उनले ती सुत्केरीका आफन्तले अस्पताल तोडफोड मात्रै गरेको तर आफू भए आगो नै लगाइदिने भनेर दिएको यही अभिव्यक्तिले गृहमन्त्रीसमक्ष स्पष्टीकरण दिनु परेको हो ।

‘म आज पहिलो चोटी यो विषय राख्दैछु अन्त मैले कुरा राखेको छैन । रुपन्देहीमा हु्न्जेल यसबारे बोल्न मिलेन, त्यही भएर आज म बोल्दैछु । ती मान्छेबारे कल्पना गर्नुस् त कस्तो भयो होला ?’, उनले भने. ‘त्यसबेला तोडफोड भयो, डाक्टरमाथि अलिअलि हातपात भएकै हो। त्यसपछि चिकित्सक संघले अस्पताल तोडफोड र हातपात गर्नेलाई ५ वर्ष थुन् भनेर दबाब दिए । तर मैले तत्कालीन उपप्रधान तथा गृहमन्त्रीलाई मैले मान्छे थुन्दिनँ भनेँ ।’

उनले उक्त प्रकरणमा अस्पतालकै गल्ती भएकाले माफीसमेत नमागेको बताए । ‘सरी, बचाउन सकिनँ भनेर माफ माग्दा उस (अस्पताल) को लाइसेन्स सकिन्छ ? शव भ्यानमा हालिदिएर तिम्रो आफन्तको लाश लिएर जाऊ भनेर ठाडै भन्दा कसको रगत उम्लिँदैन ?’, उनले थपे, ‘चिकित्सक संघका अध्यक्ष अनिल कार्कीले डाक्टर कुट्नेलाई नथुने देशव्यापी आन्दोलन हुन्छ भनेर फोन गरे । मैले कुनै हालतमा मान्छे थुन्दिनँ जस्तोसुकै दबाब सहन सक्छु भनेँ ।’

उनले उक्त सम्बोधनका क्रममा गड्यौँला जस्तो सात ठाउँ बेरिएका अक्षर लेख्ने डाक्टरले आक्रमण भयो भनेर गुनासो गर्न नमिल्ने बताए । ‘कम्तीमा प्रेसकिप्सन लेख्दा मान्छेले, बिरामीका आफन्तले बुझ्ने हुनुपर्छ । त्यसबेला त्यही अस्पतालले नसक्ने हु्ँदा मान्छे बचाउन अन्त लानु भनेर किन नभनेको ?’, अर्यालले भने, ‘उक्त प्रकरण मिलाएर सुत्केरीको शव बुझ्ने काम भएपछि रुपन्देहीका सबै प्रमुख र मेडिकल सुपरीटेन्डेन्ट राखेर आधारभूत कुरा पूरा होस् भन्यौँ। बिरामी र आफन्तले बुझ्नेगरी प्रेसकिप्सन लेख्नुस् भन्यौँ । बिरामीसँग आएको कुरुवालाई सबै कुरा बताउनुस् भनेका थियौँ।’

प्रशासनकै कर्मचारीले २० हजार घूस

यही ७ मंसिरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयको टोली जिल्ला प्रशासन कार्यालय महोत्तरीमा छिर्‍यो ।

समग्र जिल्लाकै भ्रष्टाचार, अनियमितता र बदमासी रोक्ने अभिभारा खासमा प्रमुख जिल्ला अधिकारीसँग हुन्छ । अख्तियारका कार्यालय सबै जिल्लामा छैनन् । त्यसैले अख्तियारले गर्ने भ्रष्टाचार नियन्त्रणको काम पनि जिल्लामा प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने हुन्छ ।

तर ७ मंसिरमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बिचित्रको घटना भयो। भ्रष्टाचार नियन्त्रण गर्ने अभिभारा बोकेको महोत्तरी प्रशासनकै एकजना कर्मचारी २० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परे । घूससहित अख्तियारको हिरासतमा पुग्ने कर्मचारी थिए जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका नायब सुब्बा अशोककुमार यादव ।

अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट मुद्दा मिलाउने नाममा लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात समातेको थियो । सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घूससहित उनी कार्यालयबाटै समातिएपछि प्रमुख जिल्ला अधिकारी कवारी पनि विवादमा तानिए ।

आफूमातहतका कर्मचारी घूससहित अख्तियारको फन्दामा परेपछि सीडीओ कवारीमाथि प्रश्न उठेको थियो । खासमा कवारीको घर महोत्तरी नै हो । उनी अहिले गृहजिल्लाको सीडीओ छन् ।

उनको विवादको श्रृंखला नयाँ होइन । पटक पटक विवादमा परिरहने उनी जिल्लामा सुशासन कायम चुकेको निष्कर्षसहित गृ‌हमन्त्री लेखेकले स्पष्टीकरण सोधेका हुन् ।

सप्तरीको सिडिओका रुपमा कार्यरत रहेका बेला पनि कवारी विवादमा परेका थिए । त्यहीकारण उनी गोरखाको सिडिओका रुपमा हाजिर गर्नै गएनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा सप्तरीबाट गोरखा सरुवा भएका उनी त्यसबेला हाजिर हुनै पाएनन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ४८ बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को