आज २०८१ साल पुस १२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १२ गते शुक्रबारको राशिफल


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १२ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर २७ तारिख। पौष कृष्ण पक्षको द्वादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। चिसोबाट बच्नु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ। विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछन् । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ। मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ।

मिथुन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साना कुराले मनमा खटपटी बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। तपाईंलाई आक्रमण गर्न आफन्त सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ।

कर्कट : शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ। परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

सिंह : आफन्तले घेराबन्दी गर्ने जोखिम छ। आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ। दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ। रोगसँग लड्ने क्षमता बढ्नेछ।

कन्या : दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ। साथीभाइसँग मिलेर काम गर्दा फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। सोचेका काम सफल बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ। आज काम नबने पनि मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मन शान्त बन्नेछ। बाहिरका साथीको साथ र सहयोग मिल्ने छ। तर परिवारबाट असहयोग हुने जोखिम छ।

वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। साथीभाइसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दैनिक काम भन्दा ठुला योजनको सुरुवात नगर्नु राम्रो हुनेछ। उपचारमा भए लाभ प्राप्त हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा शान्ति मिल्नेछ।

मकर : मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ। एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। अन्त्य साढेसाती दशाले हरेक कुरामा बाधा र अवरोध ल्याउनेछ। परिवारबाट धोका हुने जोखिम रहेको छ।

कुम्भ : भाग्यले साथ दिनेछ। कर्मको स्थानमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। शनिदेवको प्रभावले हरेक क्षेत्रमा बाधा हुनेछ। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ।

मीन : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ। साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन्। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ०८ बजे

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र