एमाले सल्लाहकारहरूको सुझाव : गुन्डूको ‘ओली कुटी’ प्रोजेक्ट खारेज गरौँ, बालकोटको घर पार्टीकै कोषबाट मर्मत गरौँ « Khabarhub

एमाले सल्लाहकारहरूको सुझाव : गुन्डूको ‘ओली कुटी’ प्रोजेक्ट खारेज गरौँ, बालकोटको घर पार्टीकै कोषबाट मर्मत गरौँ


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीका लागि गुन्डूमा सचिव महेश बस्नेतको पहलमा निर्माण गर्न थालिएको ‘ओली कुटी’ प्रोजेक्ट खारेज गर्न सुझाव दिएका छन्।

उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको एमाले पुनर्गठन कार्यदललाई सल्लाहकारहरूले यस्तो सुझाव दिएका हुन् । ‘ओली कुटी’ निर्माणका नाममा व्यवसायी लगायतसँग रकम उठाउँदा पार्टीको छवि बिगारेको भन्दै त्यसलाई रोक्न उनीहरूले सुझाव दिएका हुन्।

सल्लाहकारहरूको सुझावलाई महासचिव शंकर पोखरेलले आफ्नो प्रतिवेदनमा समेटेका छन्। त्यसमा भनिएको छ, ‘ओली कुटी प्रोजेक्ट खारेज गरी पार्टी अध्यक्षको बालकोटस्थित घरलाई पार्टीकै कोषबाट मर्मत गर्ने व्यवस्था गरेर छवि सुधार गर्नुपर्छ।’

गत वर्ष भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ओलीको बालकोटस्थित दुईवटै घर जलाइएको थियो । उनको तेह्रथुम र झापाको घरमा विध्वंश गरिएको थियो ।

बालकोटको घरमा क्षति पुगेपछि ओली अहिले गुन्डूस्थित भाडाको घरमा बस्दै आएका छन्। एमाले सचिव बस्नेतसहितको पहलमा गुन्डूमा अहिले ‘ओली कुटी’ निर्माणलाई अघि बढाइएको छ।

तर पार्टी अध्यक्षका लागि छुट्टै घर बनाउन व्यवसायी लगायतसँग रकम उठाउनाले एमालेको सार्वजनिक छविमा नकारात्मक असर परेको सल्लाहकारहरूको निष्कर्ष छ।

त्यसको सट्टा पार्टीको आफ्नै कोषबाट बालकोटस्थित अध्यक्ष ओलीको घर मर्मत गरी प्रयोग गर्न दिनुपर्ने उनीहरूको सुझाव छ। सल्लाहकारहरूले एमाले पुनर्गठनका क्रममा पार्टीलाई व्यक्ति केन्द्रित प्रवृत्तिबाट मुक्त गर्दै संस्थागत र ज्ञानमा आधारित बनाउनुपर्नेमा पनि जोड दिएका छन्।

उनीहरूले सक्रिय राजनीतिबाट अलग भएका वा ‘बानप्रस्थ’ अवस्थामा पुगेका नेताहरूलाई मात्र सल्लाहकार बनाइनुपर्ने, पार्टीलाई ‘भक्तिवाद’बाट मुक्त गरी ज्ञानवाद र वस्तुनिष्ठ समीक्षाका आधारमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

त्यस्तै, विगतका कार्यदलका प्रतिवेदन र ‘मिसन ग्रासरुट’का सुझाव कार्यान्वयन गर्न, पार्टी कार्यालय बल्खुमै निर्माण गर्न, संविधान संशोधनका लागि नेतृत्वदायी पहल गर्न तथा नेताहरूको आर्थिक पारदर्शिता अनिवार्य बनाउन पनि सल्लाहकारहरूले सुझाव दिएका छन्।

पार्टीले विगतमा गरेका गल्तीका लागि जनतासँग खुला रूपमा माफी माग्नुपर्ने, सूचना प्रविधि र सामाजिक सञ्जालको सही उपयोगमा ध्यान दिनुपर्ने तथा पार्टी र जनताबीच टुटेको सम्बन्ध पुनः जोड्न कठोर संकल्पका साथ अघि बढ्नुपर्ने उनीहरूको सुझाव छ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ५ : ०४ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत