भारतसँग सम्बन्ध सुधार गर्न तयार छौं : चीन « Khabarhub

भारतसँग सम्बन्ध सुधार गर्न तयार छौं : चीन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतसँग मिलेर अघि बढ्न तयार रहेको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले दुई मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन दुई मुलुकका नेताबीच समान धारणा निर्माणका लागि भारतसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

चीनले दुबै मुलुकले एक अर्काको हितको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । दुई मुलुकबीच सम्बन्ध सुधार गर्नका लागि वार्ता र कूटनीतिका माध्यमबाट आपसी विश्वास सुदृढ गर्नुपर्ने उल्लेख गरेको छ ।

केही महिनाअघि रुसको कजानमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएसँगै दुई मुलुकबीचको सम्बन्धमा केही सुधार आएको विश्लेषण गरिएको छ ।

सन् २०२० मा सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडप भएपछि सम्बन्ध खराब भएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ३२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस