समाचार

कोशीमा अति उच्च जोखिम तहको बाढी

By खबरहब

September 28, 2024

काठमाडौं – दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशको सबैभन्दा ठूलो सप्तकोशी नदीमा ठूलो बाढी चलिरहेको छ । नदीको जलसतह वृद्धि अति उच्च जोखिम अवस्थामा पुगेको छ ।

बाढीको वितण्डा मच्चिने जोखिम बढेपछि बिहानैदेखि सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । अहिले ब्यारेज क्षेत्रमा अतिउच्च वहाव छ ।

बाढीका कारण सो क्षेत्रमा यतिखेर ४ लाख ९४ हजार क्युसेक पानी बगिरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । कोशीले १० वटा स्टेशनमा खतराको तह पार गरेको छ । अन्य तीन स्थानमा सतर्कता तह पार भएको छ ।