चार सय विपन्न परिवारलाई खाट वितरण « Khabarhub

चार सय विपन्न परिवारलाई खाट वितरण


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले विपन्न परिवारलाई खाट वितरण गरेको छ । शिवसताक्षी–४ ले वडाका चार सय विपन्न परिवारलाई खाट वितरण गरेको हो ।

विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताए । ‘वडामा अधिकांश विपन्न समुदायको बसोबास छ’, उनले भने, ‘घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौँ ।’

शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताए ।

उनले खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको बताए । वडा नं ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत समुदायको ठूलो बसोबास छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : २८ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र