कपालमा घिउकुमारी लगाउँदा हुन्छन् यस्ता फाइदा  « Khabarhub

कपालमा घिउकुमारी लगाउँदा हुन्छन् यस्ता फाइदा 


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलोभेरा त हामी सबैलाई थाहा नै छ । एलोभेरालाई गाउँघर तिर कतै घ्युकुमारी नामले पनि चिनिन्छ । विशेष गरी हरेकका घरमा साना गमला तथा केही पुराना भाँडाकुँडामा घिउकुमारी रोपेको देखिन्छ । घिउकुमारीलाई धेरै मान्छेहरूले जडीबुटीका रूपमा पनि लिने गर्छन् । त्यसैले हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्यका सामग्रीहरूमा घिउकुमारीको प्रयोग भएको हुन्छ ।

यो पछिल्लो समय धेरै प्रयोग हुने गर्छ जस्तो सौन्दर्य निखार्नको लागि घिउकुमारीका पेस्टहरू बनाएर फेसमा लगाइन्छ । घिउकुमारीबाट विभिन्न किसिमका हर्बल कस्मेटिक प्राेडक्टको रूपमा एलोभेराको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, फेसियल फोमलगायतका घिउकुमारीका प्राेडक्टहरु पाइन्छन् ।

कपालमा घिउकुमारी लगाउँदाका फाइदाहरू 

घिउकुमारीले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ।  यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ।  घिउकुमारीकाे गुदी निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चम्किलो, स्वस्थ र लामो हुन्छ ।

एलोभेराबाट हेयर मास्क बनाउन एलोभेराका पातहरू राम्ररी सफा गरी त्यसलाई केही समयको लागि छोड्ने ताकि हानिकारक तत्त्वले पहेँलो पदार्थको रूपमा पातहरू छोड्छ । त्यसपछि चक्कुको सहायताले पातका किनाराहरू हटाएर छालासहितका पातहरूलाई सानो टुक्रामा काट्ने र केरासँग मिक्सरमा पिसेपछि एलोभेराको माक्स तयार हुन्छ  । त्यो माक्सलाई कपालमा लगाएर आधा घण्टा पछि कपाल पानीले राम्रोसँग धुने । यसो गर्दा एलोभेरामा पाइने एलोनिन कपालको लागि उत्तम तत्त्व हो । यसले कपाल झर्ने समस्याबाट बच्न मद्दत गर्छ । यसले हानिकारक पराबैंगनी किरणहरूलाई कपाललाई हानी हुनबाट रोक्छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ५८ बजे

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौं– भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

खिलराज रेग्मीको सुझाव : निरङ्कुशतातिर जान नदिन संविधानको मूल मर्मलाई तलमाथि नगरौँ

काठमाडौं- पूर्वप्रधानन्यायाधीश तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन

लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका