कपालमा घिउकुमारी लगाउँदा हुन्छन् यस्ता फाइदा  « Khabarhub

कपालमा घिउकुमारी लगाउँदा हुन्छन् यस्ता फाइदा 


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलोभेरा त हामी सबैलाई थाहा नै छ । एलोभेरालाई गाउँघर तिर कतै घ्युकुमारी नामले पनि चिनिन्छ । विशेष गरी हरेकका घरमा साना गमला तथा केही पुराना भाँडाकुँडामा घिउकुमारी रोपेको देखिन्छ । घिउकुमारीलाई धेरै मान्छेहरूले जडीबुटीका रूपमा पनि लिने गर्छन् । त्यसैले हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्यका सामग्रीहरूमा घिउकुमारीको प्रयोग भएको हुन्छ ।

यो पछिल्लो समय धेरै प्रयोग हुने गर्छ जस्तो सौन्दर्य निखार्नको लागि घिउकुमारीका पेस्टहरू बनाएर फेसमा लगाइन्छ । घिउकुमारीबाट विभिन्न किसिमका हर्बल कस्मेटिक प्राेडक्टको रूपमा एलोभेराको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, फेसियल फोमलगायतका घिउकुमारीका प्राेडक्टहरु पाइन्छन् ।

कपालमा घिउकुमारी लगाउँदाका फाइदाहरू 

घिउकुमारीले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ।  यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ।  घिउकुमारीकाे गुदी निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चम्किलो, स्वस्थ र लामो हुन्छ ।

एलोभेराबाट हेयर मास्क बनाउन एलोभेराका पातहरू राम्ररी सफा गरी त्यसलाई केही समयको लागि छोड्ने ताकि हानिकारक तत्त्वले पहेँलो पदार्थको रूपमा पातहरू छोड्छ । त्यसपछि चक्कुको सहायताले पातका किनाराहरू हटाएर छालासहितका पातहरूलाई सानो टुक्रामा काट्ने र केरासँग मिक्सरमा पिसेपछि एलोभेराको माक्स तयार हुन्छ  । त्यो माक्सलाई कपालमा लगाएर आधा घण्टा पछि कपाल पानीले राम्रोसँग धुने । यसो गर्दा एलोभेरामा पाइने एलोनिन कपालको लागि उत्तम तत्त्व हो । यसले कपाल झर्ने समस्याबाट बच्न मद्दत गर्छ । यसले हानिकारक पराबैंगनी किरणहरूलाई कपाललाई हानी हुनबाट रोक्छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ५८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले