कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता « Khabarhub

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र विभिन्न ६ वटा उद्योगहरुबीच कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो ।

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दिपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दिपकराज जोशी र उद्योगहरुका तर्फबाट सम्बन्धित प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै ६ वटै उद्योगहरुले कूल १ हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौट गरि प्रशिक्षण प्रदान गरि रोजगारीमा लगाउनेछन् । सम्झौता कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले प्रशिक्षण कार्यक्रम मार्फत उद्योगको उत्पादन वृद्धिमा योगदान पुग्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा गरे ।

सम्झौताअनुसार प्रशिक्षार्थी कामदारहरुको अघिकतम ३ महिनाको पारिश्रमिक नेपाल सरकारकातर्फबाट केन्द्रले व्यहोर्नेछ भने उद्योगले तत्पश्चात कम्तिमा १८ महिनाका लागि रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ५६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी