एसिड आक्रमण रोक्न प्रभावकारी कानून बनाउनुपर्छ : अध्यक्ष ओली « Khabarhub

एसिड आक्रमण रोक्न प्रभावकारी कानून बनाउनुपर्छ : अध्यक्ष ओली


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंमा नेपाली चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिए । एसिड आक्रमणको समस्याको समाधान दण्डबाट मात्रै समाधान नहुने भन्दै उनले मानवीय चेतनामार्फत पनि समाधान खोजिनुपर्ने जिकिर गरे ।

भरपर्दो कानून निर्माण, अपराधीलाई सजाय र त्यसबाट शिक्षा समेत दिन सक्नुपर्ने उनको भनाइ छ । ओलीले अपराधीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको भन्दै अन्य प्रभावकारी सजायहरू निर्धारण हुनुपर्ने धारणा राखे ।

एसिड आक्रमणबाट पीडित भएकाहरूको कथालाई समेटेर नमेटिने घाउ चलचित्र निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ३५ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी