‘नमेटिने घाउ’ को शुभमूहर्तमा केपी ओलीको ‘एक्सन–कट’ « Khabarhub

‘नमेटिने घाउ’ को शुभमूहर्तमा केपी ओलीको ‘एक्सन–कट’

म अभिनेता बन्न लागेको होइन : ओली


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाग्छ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्न बाँकी केही छैन । उनी सार्वजनिक कार्यक्रममा जाँदा क्यारामबोर्ड, स्नोकर खेल्ने, सांगीतिक बाजा बजाउने त गरिरहेकै हुन्छन् ।

राजनीतिका चतुर खेलाडी ओलीको भाषण पनि कमेडीले भरपूर हुन्छ । त्यसैले उनलाई ‘कलाकार बन्नुपर्ने मान्छे’ भनेर टिप्पणी गर्ने पनि छन् । यो टिप्पणीलाई उनले गम्भीरतापूर्वक लिए कि लिएनन् त्यो थाहा भएन, तर टिप्पणी गर्नेको चाहाना भने छिट्टै पूरा हुने भएको छ ।

नायक रमित ढुंगानाको डेब्यू निर्देशन रहने फिल्म ‘नमेटिने घाउ’मा ओलीले अभिनय गर्ने भएका छन् । निर्माण पक्षले बिहीबार बत्तीसपुतलीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणासहित शुभमुहूर्त गरेको छ ।

नेपालमा पछिल्लो दश वर्षमा एसिड आक्रमणबाट पीडित बनेकाको घटनामा आधारित चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

ओलीले फिल्ममा आफ्नो भूमिकाबारे भने, ‘म अभिनेता बन्न लागेको होइन । मैले बोल्ने कुरा अभिनय हुन भने ठीकै छ । मेरो कम्मर मर्काउने, गला तान्ने कुनै अभिनय हुँदैन ।’

एसिड आक्रमणका पीडकलाई थप कडा कानुन बनाउने कार्य ओलीको प्रधानमन्त्रीकालमा भएकाले उनको वास्तविक भूमिका नै फिल्ममा उतार्ने योजना रहेको निर्देशक ढुंगाना बताउँछन् ।

ढुंगाना खबरहबसँग भन्छन्, ‘पारिश्रमिक लिएर अनुबन्धन गरेको कलाकार होइन, उहाँ तर सानो फिल्ममा सानो भूमिका निर्वाह गरे पनि कलाकार त भइहाल्नुभयो ।’

ओलीबाहेक फिल्ममा रमित ढुंगाना, सुरवीर पण्डितलगायतको अभिनय रहनेछ ।

रोचक शुभमूहर्त

घोषणा तथा शुभमुहूर्तमा नायक धिरन शाक्य, रमेश उप्रेतीलगायत पूराना कलाकारको उपस्थिति बाक्लो थियो । युवा राजनीतिज्ञहरु पनि सहभागी थिए । अक्सर फिल्मको शुभमुहूर्त मन्दिरमा हुने भए पनि यसको भने हलमै गरियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहले क्ल्याप ठोकेर शुभमुहूर्त गरे । शुभमुहूर्तमा भने निर्देशनको जिम्मेवारी रमितले ओलीलाई दिए । ओलीलाई कहाँ एक्सन–कट भन्ने रमितले सिकाइरहेका थिए ।

हलको महोल तताउन रमितले धिरन शाक्यको क्यामेराम्यान बन्न आग्रह गरे । धिरनले क्यामेरा चलाए । मुस्कुराइ रहेका ओलीले रमितको संकेतपछि ‘कट’ भने ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ०४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष