३२ किलो गाँजासहित ६ जना पक्राउ « Khabarhub

३२ किलो गाँजासहित ६ जना पक्राउ


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट ३२ किलो गाँजासहित ६ जना पक्राउ परेका छन् । 

बाराको सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.३८ प १४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

धादिङको गल्छी गाउँपालिका-७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके घर भएका २४ वर्षीय सोलामोदिन शेक र सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय राम्जन आली रहेका छन् ।

प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सर्लाहीको लालबन्दी नगरपालिका-१ लखनदेही पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित भारत घर भएका २० वर्षीय छोटु पासवानलाई  प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ३० एजी १६४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : २७ बजे

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ