किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ छनोट गरिँदै « Khabarhub

किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ छनोट गरिँदै


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे ।

‘मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ’, किसान राईले भने, ‘आउँदो वर्ष यही खेतीमा अझ मेहनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।’

यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ का रुपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको छ ।

‘यो पालिकामा चार हजार पाँच सय किसान हुनुहुन्छ, सुरुमा करिब तीन सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ’, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले भने, ‘किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको हो ।’

थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहनती र अगुवा किसानलाई ‘गुरु किसान’ का रुपमा सूचीकृत गरेर सबैलाई व्यावसायिक बनाउन यो अवधारणा अघि सारिएको अध्यक्ष स्याङ्बोले बताए । उनीहरुलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ । ‘सबैभन्दा कम क्षेत्रफलमा सबैभन्दा धेरै फलाउनेलाई प्रोत्साहन गर्ने भनेर कार्यविधिमा उल्लेख गरेका छौँ । उत्पादकत्वमा वृद्धि, उत्पादित कृषि वस्तुको परिमाण, गुणस्तर र निरन्तरता बजारीकरणका लागि प्रमुख कुरा हुन् । यी कुरामा किसानबाट नै सुधार ल्याउन सकिन्छ’, अध्यक्ष स्याङ्बोले भने ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ८ : ५२ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका