अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा « Khabarhub

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् ।

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन् ।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल भएका छन् ।

रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताए । उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो ।

उनले भने, ‘आजकल रैथाने बाली लगाउन मन लाग्दैन । खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुश्किलले १२ हजारको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।’

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बीउ पाउन कठिन भएको छ । मङ्गला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको बीउ नपाइएको बताए । गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो ।

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ११ : २९ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार