सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा  « Khabarhub

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ । 

बिहीबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण कार्यक्रममा हरेक प्रदेशको अपराध सार्वजनिक गरेको थियो । 

एक वर्षको अवधिमा ५९ हजार ६१ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये हत्या, बलात्कार, बलात्कारपछि हत्या, मानव बेचबिखन, चोरीजस्ता गम्भिर प्रकारका अपराधमा ५ हजार १५० वटा मुद्दा दर्ता भएका प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए ।

जसमध्ये एक हजार ६६ वटा घटना कोशी प्रदेशमा मात्रै भएको पाइएको छ  । गण्डकी प्रदेशमा ३१२ घटना दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा भएको छ । जनसंख्या कम भएको कारण संख्या हुन गएको उनले बताए । 

हरेक दिन १६६ मुद्दा दर्ता हुने गरेका छन् । महिला तथा बालबालिकासम्बन्धी अपराधहरू अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै दर्ता भएको ढकालले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ४ : ३२ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ