नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा दुई चिनियाँ पक्राउ परेका छन् ।

सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट उत्तर प्रदेश प्रवेश गर्न लागेका सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहानलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार घटना भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकको हो । एसएसबी र प्रहरीको संयुक्त टोलीले गस्ती गरिरहेको बेला उनीहरु भारत प्रवेश गर्न खोजेका थिए ।

उनीहरुको साथबाट दुईवटा चिनियाँ राहदानी, एउटा नेपाली पर्यटक भिसा र दुईवटा मोबाइल, दुईवटा नेपाली र दुईवटा चाइनिज सिम, दुईवटा साना झोलामा रहेका विभिन्न किसिमका नौ थान कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १० : १३ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका