तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा « Khabarhub

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित छिटफुट वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

लुम्बिनी  प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

यस्तै, महाशाखाले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा बृद्धि भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भागका केही स्थानहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

महाशाखाले तराईका भूभागमा अझै अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना रहेकोले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै, पहाडी भूभागका उपत्यका तथा खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट बच्न घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा नजाने, सकेसम्म सुतीको कपडा लगाउने, बाहिर निस्कनै पर्दा टाउको छोप्ने, पानी तथा जुस, सर्वतजस्ता झोल पदार्थ बढी मात्रामा पिउन सल्लाह दिएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : २० बजे

सभापति गगनले भने : जवाफदेही भएर राजीनामा दिएँ, अब महाधिवेशनबाट सबै कुराको छिनोफानो हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा

अमेरिका–इरान युद्ध रोक्न कसरी मध्यस्थतकर्ताको भूमिकामा आइपुग्यो पाकिस्तान ?

इस्लामावाद- अमेरिका र इजरायलद्वारा इरानविरुद्ध थालिएको युद्धको २४औँ दिनमा पाकिस्तानले

संविधानसभापछि सिंहदरबार फर्कँदै संसद्

काठमाडौं– मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै

टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिका वडा नं ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण

इरान–इजरायल तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ