बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा « Khabarhub

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिति र विकृति अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् ।

आइतबार पार्टीको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगतितर्फ लैजाने जिकिर गरे ।

भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा उनले जोड दिए ।

विकल्प भनेको आन्दोलन भएको बताएका थापाले वातावरण तयार गर्न जिल्ला अध्यक्षहरूलाई आग्रह पनि गरे ।

एक्ला-एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको विगतलाई हेरेर समान विचारबीच मोर्चा बनाउने प्रस्तावले मुर्तरुप नलिएकोमा थापाले चिन्ता ब्यक्त गरे ।

तत्काल मोर्चा नबने पनि पार्टीले आन्दोलनको तयारीलाई निरन्तरता दिन थापाले आग्रह गरे। वैकल्पिक विचार र मार्गचित्र राप्रपा नेपालसँग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन कृयाशील र गतिशील हुनुपर्नेमा थापाले जोड दिए ।

बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठनसम्बन्धी प्रतिवेदन पेश गरेका थिए । जिल्ला अध्यक्षहरूले जिल्लाको सांगठानिक अवस्थाबारे जानकारी गराए।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : १८ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म