बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता  « Khabarhub

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा एमालेका दमन भण्डारीले सुरुवाती अग्रता लिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोरख केसीका अनुसार १ नम्बर वडामा ३ वटा मतदान केन्द्र थिए ।

यस्तो छ मतपरिणाम

नेकपा एमालेका उम्मेदवार दमन भण्डारी : ६१५ 

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह : ३४२

नेकपा माओवादीका उम्मेदवार जनक बूढा : २१७

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह : ८१ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार किशोर खड्का : ३

छबिसपाथिभेरा गाउँपालिकामा ७ वटा वडा छन् । यसपछि २ नम्बर वडाको मत गणना हुने छ । 

शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदातामध्ये ३० हजार ३ सय २८ ले मतदान गरेका थिए ।

यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो । बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ३० बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका