आजका समाचार : उपनिर्वाचनको मत गणनादेखि लगानी सम्मेलनसम्म « Khabarhub

आजका समाचार : उपनिर्वाचनको मत गणनादेखि लगानी सम्मेलनसम्म


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

उपनिर्वाचनको मतगणना  जारी

इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

यहाँ आइतबार साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए । तर ४ नम्बर र ५ वडाको मत गनिसकेपछि एमालेका सुहाङले ७८० मतको फराकिलो अग्रता बनाएका हुन् ।

फाकफोकथुम वडा नम्बर ५ मा सुहाङलाई ७०७ मत खसेको छ ।

यस्तै बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत बढाएको छ ।

छबिसपाथिभेराको मत गन्दा तेस्रो स्थानमा रहेको कांग्रेस थलाराको गन्दा दोस्रो स्थानमा आएको छ । 

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाममा अघि लागे एमालेका सुहाङ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह

तेस्रो लगानी सम्मेलनको उद्घाटन
तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित सम्बोधन गरे । समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित छन् ।

लगानी सम्मेलन :भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

नेपालमा भारतीय लगानी प्रोत्साहन गर्छौँ : राजदूत श्रीवास्तव

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

८ अर्ब लगानीमा काठमाडौंकै ठूलो विद्युत् प्रसारणलाइन र सव-स्टेशन उद्घाटन

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी
काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ ।

शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको हो ।


आगालगी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित आगो निभाउन पुगेको छ ।

महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली पनि उक्त आगो निभाउन खटिएका छन्।

शंखमूलमा भएको आगलागी नियन्त्रणमा

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

खेलकुद…

दोस्रो टी- २० : वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित
नेपालसँगको ५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ ।

कीतिपुरस्थित टीयू मैदानमा आइतबारको खेलमा टस हारेर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनको योगफल बनाउँदै हार व्यहोरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो ।

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

अन्तर्राष्ट्रिय….

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा
गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ ।

विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ०१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर