बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि | Khabarhub Khabarhub

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

छबिसपाथिभेरा गाउँपालिकाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ । जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार ५७० मत रहेको छ । माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत प्राप्त गरेका छन् ।

यता एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् । कांग्रेस भन्दा एमाले ६२४ मतले अगाडि छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : ३१८५
जनक बुढा नेकपा (माओवादी केन्द्र) : १८३८
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : २५७०
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : १०१९

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका