सरकार नयाँ बजेटको चटारोमा, पुरानोको यस्तो छ हालत | Khabarhub Khabarhub

सरकार नयाँ बजेटको चटारोमा, पुरानोको यस्तो छ हालत

प्रतिदिन ९ अर्ब २० करोड खर्चन सक्ला ?


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्‌का दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन्‌ । मन्त्री पुनले निर्धारित सिलिङभन्दा कम्तिमा एक खर्ब रुपैयाँ बढी हुनेगरी १९ खर्ब रुपैयाँ माथिको बजेट ल्याउन लागेका हुन्‌ ।

सिलिङ नाघ्नेगरी नयाँ बजेट ल्याउन लागे पनि सरकारले पूरानो अर्थात्‌ चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा निकै फितलो प्रगति गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले अनुसार हिजो (जेठ १४) बेलुकीसम्म शुरू बजेटको जम्माजम्मी ६३.७२ प्रतिशत हिस्सामात्रै खर्च गर्न सकेको छ ।

सरकारले २०८० जेठ १५ मा चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । हालसम्म ११ खर्ब १५ अर्ब ९६ करोड ७१ लाख अर्थात्‌ शुरू बजेट आकारको ६३.७२ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।

शुरूमा १७ खर्ब ५१ अर्ब रुपैयाँ माथिको बजेट ल्याए पनि स्रोत (राजस्व, ऋण र अनुदान) जुटाउन नसकेपछि सरकारले अर्थवार्षिक समीक्षामार्फत घटाउँदै बजेट आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारिसकेको छ ।

संशोधित बजेटमा सफल हुन दैनिक ९ अर्ब २० करोड खर्चनुपर्ने

बजेट कार्यान्वयन अवधि डेढ महिना बाँकी रहँदा सरकारले शुरू बजेट आकारको ३६.२८ प्रतिशत हिस्सा खर्चनै बाँकी छ । संशोधित बजेट आकारमा हिसाब गर्दा अबको ४५ दिन अर्थात्‌ असार मसान्तसम्म ४ खर्ब १४ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्चनुपर्छ ।

सरकारले संशोधित आकारको सबै बजेट खर्चने हो भने अबका ४५ दिनमा हरेक दिन कम्तिमा ९ अर्ब २० करोड ६५ लाख रुपैयाँ खर्च गर्नुपर्छ । तर, पूर्व मनसुन शुरू भइसकेकाले पूर्वाधार विकासका काम अघि बढाउन नसकिने हुँदा संशोधित बजेट खर्चन पनि सरकारलाई हम्मेहम्मे छ ।

पूँजीगततर्फ छुट्याएको ३ खर्ब २ अर्बमध्ये सरकारले हालसम्म करिब १ खर्ब २५ अर्ब रुपैयाँमात्र खर्चन सकेको छ । पूँजीगत तर्फको खर्च शुरू विनियोजनको जम्माजम्मी ४१.४१ प्रतिशतमात्र हो ।

स्रोत व्यवस्थापनमा पनि चुनाैती

शुरू बजेट आकारमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेकाे सरकारले हालसम्म  ६०.३७ प्रतिशत अर्थात्‌ ८ खर्ब ८८ अर्ब रुपैयाँमात्रै प्राप्त गरेको छ ।

यस हिसाबले शुरू बजेट आकारको ४० प्रतिशत स्रोत जुटाउन अब ४५ दिनमात्र बाँकी छ । तर, सरकारले बजेट अनुमान संशोधन गरी घटाएकाले शुरू बजेटकै अनुपातमा स्रोत जुटाउनुपर्ने बाध्यता भने छैन ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : ३६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि