जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत | Khabarhub Khabarhub

जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरमा आज बुझाएको छ ।

गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख मूल्य बराबरको काजु र किसमिस जनकपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्राप्त जानकारीअनुसार २१ क्विन्टल काजु तथा पाँच क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार २३ लाख मूल्य बराबरको रहेको छ ।

भारतबाट अवैधरुपमा उपरोक्त खाने सामान नेपाल ल्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल  नं ८ गण धनुषा मातहतको सुरक्षा वेश जनकपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको टोलीले नियन्त्रणमा लिएको थियो । 

उक्त टोलीले काजु र किसमिससहित मधेस प्रदेश ०४–००१नंको ट्रकसमेत नियन्त्रणमा लिएको थियो । बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : १९ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ