बजेटमा गाँजा, संसद्‌मा ताली परर ! « Khabarhub

बजेटमा गाँजा, संसद्‌मा ताली परर !


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गाँजाको व्यवसायिक उत्पादनबारे बोलिरहँदा संसद्‌मा सांसद्‌हरूले परर ताली पिटेका छन्‌ ।

अधिकांश सांसद्‌हरूले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखिरहेका थिए । त्यस निम्ति बजेटमार्फत सम्बोधन हुनुपर्ने र कानूनमा आवश्यक संशोधन गर्नुपर्ने उनीहरूको माग थियो ।

सांसद्‌हरूको मागलाई अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत पूरा गरिदिएका हुन्‌ ।

‘औषधीय प्रयोजनका लागि गाँजाकाे व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइनेछ,’ बजेट वक्तव्यमा उल्लेख छ ।

अर्थमन्त्रीले यो वाक्य पढ्नासाथ संसद्‌ भवन सांसद्हरूको तालीले गुञ्जायमान भएको थियो ।

अब सरकारले आवश्यक कानूनी व्यवस्था मिलाए नेपालमा व्यवसायिक गाँजाखेती गर्न सकिनेछ । किसानले कानूनसम्मत ढंगले गाँजा लगाए प्रहरीले फँडानी गर्नेछैन । तर लागुऔषध प्रयोजनमा खेती गरे थप कारबाही हुनेछ ।

गाँजाबाट नेपालमा औषधी, तेल र लत्ताकपडासमेत उत्पादन गर्न सकिने सम्भावना छ । अमेरिकाको दबाबमा नेपालले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ल्याई गाँजा खेतीमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध हालसम्म कायमै छ । तर स्वयम्‌ अमेरिकाले आफ्ना विभिन्न राज्यमा गाँजा खेतीलाई वैधानिकता दिइसकेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि सरकारले गाँजाको खेतीको सम्भाव्यता खोज्ने जनाएको थियो । तर हालसम्म ठोस कदम चालेको छैन ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : २८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी