पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न पौने ३० अर्ब, नारायणी र तिनाउमा सिग्नेचर पुल « Khabarhub

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न पौने ३० अर्ब, नारायणी र तिनाउमा सिग्नेचर पुल


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् ।

चालु आवमा कमला-ढल्केबर–पथलैया, बुटवल– गोरुसिङ्गे, काकडभिट्टा लौकही, पथलैया– नारायणगढ र लमही– भालुबाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिएको छ ।

आगामी आर्थिक वर्षमा नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिने मन्त्री पुनले बताए ।

सरकारले चालु आर्थिक वर्षका लागि पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरिएको थियो, जसको अहिले कार्यान्वयन भइरहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ४६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि