मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिने « Khabarhub

मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आत्महत्या तथा मानसिक समस्याको न्यूनिकरणका लागि सरकारले मानसिक अस्पताल पाटनको क्षमता विस्तार गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री पुनले वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।

साथै बीपी कोइराला क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा तथा गजेन्द्रनाराण सिंह अस्पतालको सेवा विस्तार गरिने मन्त्री पुनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : ३३ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा