शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन « Khabarhub

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शान्ति कोष स्थापना गर्न आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

सरकारले द्वन्द्वपीडितको परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ति कोष स्थापना गर्न उक्त रकम विनियोजन गरेको हो । 

संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने बताए । 

‘द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ति कोष स्थापना गर्न १ अर्ब विनियोजन गरेको छु,’ उनले भने । 

मन्त्री पुनले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा अन्य आन्दोलनमा घाइते र अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिइएको पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : ५२ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन