कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो « Khabarhub

कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समुह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ ।

पानामाको जितमा सेसार ब्ल्याकम्यानजोसे फजारडोले एक एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए ।

पानामाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको थियो । यस खेलमा दुवै देशका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । 

खेलको १८औं मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औँ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए ।

पानामाको यो जितपछि समुह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।

अब पानामाले आफ्नो समुह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ भने अमेरिकाले सोहि दिन उरुग्वेको सामना गर्ने छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ०५ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा