इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी « Khabarhub

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवंगत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानैदेखि मतदान सुरू भएको छ ।

 स्थानीय समयअनुसार बिहान ८:०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै मतदाताको चाप हेरेर मतदानको समय बढाउन सक्नेछन् ।

शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ । मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । 

सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान विभाजित कन्जरभेटिभ खेमाविरूद्ध सशक्त देखिएका छन् । उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले उनलाई सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्व आणविक वार्ताकार सइद जलिलीको प्रभुत्व रहेको कन्जरभेटिभको क्षेत्रविरुद्ध लड्न अनुमति दिएको थियो।

तेहरानका मेजर अलिरेजा जकानीरईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमीले पनि कट्टरपन्थी संगठनबाट राजीनामा दिएपछि धर्मगुरु मुस्तफा पोरमोहम्मदी पनि विवादमा तानिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १२ : ३२ बजे

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण