रोकियो काठमाडौंको नगरसभा : बालेन्द्र र वडाअध्यक्षहरूबीच आरोप-प्रत्यारोप | Khabarhub Khabarhub

रोकियो काठमाडौंको नगरसभा : बालेन्द्र र वडाअध्यक्षहरूबीच आरोप-प्रत्यारोप

दलहरूमाथि मेयरले लगाए फेरि अर्को आरोप


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ ।

मेयर बालेन्द्र साह र वडाअध्यक्षहरूबीचको विवाद साम्य हुन नसक्दा नगरसभा बस्दै नबसी स्थगित भएको हो ।

असार १० गते बसेको नगरसभाको बैठकमा मेयर बालेन्द्र साहले पेस गरेका नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव हालेका थिए । वडाअध्यक्षहरूले हालेका ती संशोधनमा आज छलफल हुने तालिका थियो ।

नगरसभाको १५ औँ अधिवेशन बसेको उक्त दिन आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश हुँदा वडाअध्यक्षहरूले संशोधन प्रस्ताव हालेका थिए ।

तर बालेन्द्रले यथासम्भव ती कुरालाई समावेश गरिने एक मुष्ट जवाफ दिएका थिए । उनको जवाफमा चित्त नबुझाएका अन्य जनप्रतिनिधिहरूले बरु यसबारेमा समिति गठन गर्न प्रस्ताव गरेका थिए । आफूहरूले राखेका संशोधन प्रस्ताव सबै समेटिनुपर्ने अडान राखेका उनीहरू र मेयरबीच फेरि द्वन्द्व देखिएको हो ।

वडाअध्यक्षहरूले त्यसदिन लिखित र मौखिक सबै कुरा नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताएपछि आजका लागि नगरसभा डाकेर कुरा मिलाउने सहमतिसहित असार १० मा नगरसभा रोकिएको थियो ।

असार १० को नगरसभामा मेयर बालेन्द्रको कार्यशैली र प्रवृत्तिलाई लिएर अरु जनप्रतिनिधिले चर्को आलोचना र घेराबन्दी गरेका थिए । मेयर साहलाई वडाअध्यक्षहरूले प्रतिपक्षीकै शैलीमा घेरेका थिए ।

त्यसदिन मेयर साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास नै नगरी बजेट प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रम प्रस्तुत नभएको अवस्थामा पनि वडाअध्यक्षहरूको सहमतिमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ६७ करोडको बजेट पेस गरेकी थिइन् ।

उक्त दिन उपमेयर डंगोलले मेयरदेखि नगरसभा सदस्यहरू पनि अराजक शैलीमा प्रस्तुत हुने भन्दा संयमित भएर अघि बढ्नु उचित हुने बताएकी थिइन् ।

आरोप-प्रत्यारोप

त्यसपछि आजलाई नगरसभा बैठक तय गरिएको थियो । तर आज पनि मेयर साहले असार २ मा जस्तै दलहरूलाई लाञ्छित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्न भ्याएका छन् ।

दलका नेताहरूका नाममा वडाअध्यक्षले बजेट छुट्याउन भनेपछि आफूले नमान्दा समस्या भएको जिकिर साहले गरेका छन् ।

‘एमाले-कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

मेयर साहले आज पनि कांग्रेस-एमालेलाई घेर्ने कोसिस गरेका छन । नगरसभामा कांग्रेस र एमालेकै वडाअध्यक्षहरूबाट चर्को आलोचना खेपेका साहले उनीहरूविरुद्ध सामाजिक सञ्जाल उपयोग गरेका हुन् ।

‘सायद कांग्रेस-एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस-एमालेका नेताहरूको योगदान धेरै देख्नु भयो होला’, उनले भनेका छन्, ‘त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर उहाँहरू जानु भयो ।’

के भन्छन् वडाअध्यक्ष ?

तर मेयर साहले फेरि फेसबुकलाई दलहरूविरुद्ध प्रयोग गरिरहँदा वडाअध्यक्षहरूले पनि यस कुराको प्रतिवाद गरेका छन् ।

काठमाडौं महानगर वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले मेयर साह नगरसभा बैठकमा सहभागी हुनै नआएको जानकारी खबरहबलाई दिएका छन् ।

‘मेयर सा’व नगरसभा बैठकमै आउनु भएन । हामी उहाँलाई कुरिरहेका थियौँ’, उनले भने, ‘मेयर नै बैठकमा नआएपछि बैठक बस्न सकेन ।’

मेयर नै बैठकमा नआएपछि नगरसभा स्थगित भएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखिएका कुराको अर्थ नहुने बताए ।

प्रवक्ताले यसो भने

काठमाडौं महागरपालिका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मेयर या अरु जनप्रतिनिधि सबैले फेसबुकबाजी गर्नेभन्दा बसेर सल्लाह गर्नु उचित हुने बताए ।

खबरहबसँगको कुराकानीमा उनले मेयर र वडाअध्यक्षहरूले बैठकमै बसेर सल्लाह गरी विवाद मिलाउनु पर्ने तर्क गरे ।

‘आज तयारी नपुगेकाले नगरसभा बैठक स्थगित भएको हो । मैले तपाईंलाई यति भन्न सक्छु’, उनले भने, ‘अब मेयर र वडाअध्यक्षहरू दुवै पक्षले तयारी गरेर बैठक बस्ने वातावरण बन्छ ।’

उनले फेसबुकमा लेख्नेभन्दा बैठकमै बसेर समाधान खोज्न दुवै पक्षलाई सुझाए । ‘फेसबुकमा स्टाटस लेख्ने भन्दा बैठकमै सल्लाह गरेको भए हुने थियो’, उनले भने, ‘दुवै पक्ष बसेर कुरा मिलाउनु उचित हुन्छ ।’

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : ०४ बजे

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम

‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षा कुवरलाई  

काठमाडौं– व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको

हिउँदे झरी टर्दा बढ्यो आगलागीको जोखिम

काठमाडौं – हावापानीको अवस्था नियमित रहेको भए नेपालमा कात्तिकयता कम्तिमा

स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु

स्टक होम – स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा