काभ्रेपलाञ्चोकको धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकको धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको छ ।

नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे ।

नगरप्रमुख ब्यञ्जुले धुलिखेललाई स्वस्थ नगर घोषणा गर्ने तयारी पनि भइरहेको बताए । ‘हामी धुलिखेल नगरलाई नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौँ । त्यसका लागि प्रारम्भिक कार्य सुरु गरिसकेका छौँ । नगर क्षेत्रमा घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताका बारेमा जानकारी लिँदै स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने गरी अशक्त, अपाङ्गता भएका, गरिब, दलित, सीमान्तकृत तथा ज्येष्ठ नागरिकका हकमा विशेष व्यवस्था गरी स्वास्थ्य नगर घोषणा गर्न लागिएको हो, उनले बताए ।

उपप्रमुख निराजन जङ्गमले स्थानीयवासीको स्वास्थ्य नगरको पहिलो जिम्मेवारी र कर्तव्य भएकाले स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।

उनका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगर क्षेत्रका स्वास्थ्य संस्थाको नियमित अनुगमन, नागरिकमैत्री सेवाका लागि समन्वय र सहजीकरण भइरहेको छ । धुलिखेल विसं २०६४ मा पनि पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरभित्रका एक सय २७ प्रतिशत बालबालिकामा खोप लगाइएको जानकारी दिए । उनका अनुसार सदरमुकाम, विश्वविद्यालय तथा अस्पताल, रिसोर्ट तथा अन्य सेवा क्षेत्रमा रहेका नगरबाहिरका २७ प्रतिशत बालबालिकालाई खोप सेवा प्रदान गरिएको छ ।

‘१५ महिनादेखि दुई वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको भनेर वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता गरिएको हो । नगरका १२ वडामा हाल सो उमेर समूहका छ सय ४८ बालबालिका रहेका छन्’, केसीले भने ।

यस्तै घोषणा कार्यक्रममा ६० वर्ष उमेर पुगेका १९ महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु २० हजारसहित बिदाइ गरियो । १५ स्वास्थ्य केन्द्र, २७ खोप केन्द्रमा गरी नगर क्षेत्रमा ६९ जना स्वयंसेविका कार्यरत छन् । आधा घण्टाभन्दा कम पैदल दूरीमा पर्ने गरी स्वास्थ्य केन्द्र स्थापित गरिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : १९ बजे

पोल्याण्डका प्रधानमन्त्रीको प्रस्ताव- ‘यूरोपको सुरक्षा नेतृत्व जर्मनीले गरोस्‌’

एजेन्सी– पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जर्मनीले युरोपेली सुरक्षाको नेता बन्नुपर्ने

आजका समाचार : प्रचण्ड सत्ताबाट बाहिरिँदै, कांग्रेस र एमालेले फ्याँके राष्ट्रिय सहमतिको कार्ड

सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री लामिछाने छलफलमा जुटे

महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले एआईको प्रयोग गर्ने

काठमाडौं– सन् २०२५ मा प्रयागराजमा हुने महाकुम्भ मेलामा उत्तर प्रदेश

ओली-देउवा मिलाप : बालेन्द्रले ठिकै भनेका हुन् त ?

काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने चर्चा

‘नम्बरी सुन’ साउन २५ मै प्रदर्शनमा आउने

काठमाडौं- राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन