हरित कर्णाली अभियानका लागि वृक्षारोपण आवश्यक छ :  मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

हरित कर्णाली अभियानका लागि वृक्षारोपण आवश्यक छ :  मुख्यमन्त्री कँडेल


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दिगो वन व्यवस्थापनका लागि वृक्षारोपण गरिएको बताएका छन् । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उनले प्रकृति संरक्षणका लागि वृक्षारोपण आवश्यक छ भने ।

उनले भने, ‘वृक्ष रोप्ने तर त्यसको हेरचाह, दिगो व्यवस्थापन, संरक्षणमा बेवास्ता गर्ने अहिलेसम्मको परम्परालाई बदल्नुपर्छ । वृक्षारोपण कर्मकाण्ड पूरा गर्न होइन, यहाँका नागरिकको स्वस्थ जीवन र समृद्धिका लागि हो ।’ सरकारीस्तरबाट गरिएका कार्य ‘क्या राम्रो हुँदा रहेछन्’ भन्ने अनुभूति हुने गरी वृक्षारोपण कार्य गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।

डिभिजन वन कार्यालयले वीरेन्द्रनगर ११ सुर्खेतस्थित सुब्बाकुनादेखि वडा नं १ बाङगेसिमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण’ भन्ने मूल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्य मूल प्रजातिका वृक्ष रोप्ने कार्य सुरु गरेको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि हातेमालो गर्न वातावरणप्रेमी व्यक्तित्वहरुसँग आग्रह गरिएको छ । त्यस्तै, ११ दिने प्रदेश राजधानी वृक्षारोपण कार्यक्रमअन्तरगत ट्रिगार्डसहित एक हजार एक सय ११ वटा बिरुवा वीरेन्द्रनगरका मुख्य सडकका डिभाइडरमा रोपिने लक्ष्य रहेको छ ।

डिभिजन वन अधिकृत श्रेष्ठले २० लाख रुपैयाँको बजेटमा सञ्चालन हुने उक्त कार्यक्रमबाट रोपेका बिरुवाको उचित हेरचाह, व्यवस्थापन एवं संरक्षणका लागि ‘वन हेरालु’समेत परिचालन गरिने बताए ।

वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, प्रदेश सचिवलगायत वातावरणप्रेमीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : १६ बजे

‘राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय

जसपाका फरार नेता यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ

काठमाडौं- प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेश

गृहमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रभु साहले सुरक्षा निकायका सिपाहीहरूलाई घरेलु काममा

संसद्‍मा गोकुल बाँस्कोटाको आक्रोश- असार लागेपछि मल र मन्त्री हराउँछन् 

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति