राजेशपायल दुबई पुगे, उतैबाट बेलायत र क्यानाडा जाने « Khabarhub

राजेशपायल दुबई पुगे, उतैबाट बेलायत र क्यानाडा जाने


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईको दुबई सहरमा शनिबार हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन गायक राजेशपायल राई त्यसतर्फ गएका छन् ।

बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट दुबईका लागि उड्न पुगेका उनलाई मादक पदार्थ पिएर लफडा गरेपछि फर्काइएको थियो । तर उनी शुक्रबार फ्लाइ दुबईकै जहाजबाट त्यहाँ पुगेका हुन् ।

फ्लाई दुबई एयरलाइन्सको जहाजबाट उड्न लागेका राईलाई मादक पदार्थले मातेर लफडा गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो ।

अत्यधिक मदिरा पिएका उनले बोर्डिङ पास पनि गरिसकेर जहाजमा हल्ला गरेपछि फ्लाई दुबईका कर्मचारीले प्रहरीको जिम्मा लगाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) राजदत्त जोशीका अनुसार फ्लाई दुबईकै कर्मचारीले राईलाई जिम्मा लगाइदिएका थिए ।

उनी शनिबार बर दुबईमा आयोजना हुने ‘राजेशपायल राई लाइभ इन दुबई’मा प्रस्तुति दिन शुक्रबार बिहान त्यहाँ पुगेका हुन् ।

उनले राति १० बजेदेखि बिहान ४ बजेसम्म डिजेसहितको कार्यक्रममा करिब ३० वटा गीत गाउँदैछन् ।

दुबईको कार्यक्रम सकिएपछि उनी बेलायत र क्यानाडा जाने कार्यक्रम छ । उनी त्यहीँबाट बेलायत जाने छन् । उनले बेलायतमा सिसेक्पा तङ्नामको अवसरमा जुलाई १३ तारिखमा ‘राजेशपायल राई लाइभ कन्सर्ट’मा गाउने छन् । जुलाई २० मा क्यानाडामा हुने कार्यक्रमका लागि त्यहीँबाट उनी जानेछन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ५२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा