सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ : मन्त्री राई | Khabarhub Khabarhub

सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ : मन्त्री राई


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ – खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागको ‘विराटनगर खानेपानी सुधार आयोजना’को आज यहाँ शिलान्यास गर्दै मन्त्री राईले पिठ्यू र डोकोमा पानीको गाग्री बोक्नुपरेको समस्या अन्त्य गर्न मन्त्रालय लागिपरेको बताए ।

सरकारले अघि सारेको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा’ नीति सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहले काम सुरु गरेको बर्ता । जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग उपलब्ध गराएकामा मन्त्री राईले धन्यवाद दिए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, नेपालस्थित जापानी राजदूतावासका ताकाहिरोतामुरा र जाइका नेपाल कार्यालयका अकिमिक्सु ओकुबोले आ–आफ्नो धारणा राखेका थिए ।

आगामी सन् २०२६ मा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो आयोजनाबाट झण्डै एक लाख नगरवासीमा खानेपानीको सुविधा पुग्ने संस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : ५९ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै