आजका समाचार : जोशी दोषी ठहरिँदा मुख्यसचिवलाई राहत, प्रचण्डलाई गाउँ फर्किन सुझाव र श्रीलंकालाई एसिया कप | Khabarhub Khabarhub

आजका समाचार : जोशी दोषी ठहरिँदा मुख्यसचिवलाई राहत, प्रचण्डलाई गाउँ फर्किन सुझाव र श्रीलंकालाई एसिया कप


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीले थाले मन्त्री र सचिवसँग छलफल, मन्त्रालयको काम र समस्याबारे बुझ्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयबाट भइरहेका काम र समस्याबारे जानकारी लिएका छन् ।

आइतबार सिंहदरबारमा संघीय सरकारका मन्त्री र सचिवहरूसँग सामूहिक छलफल गर्दै मन्त्रालयबाट भइरहेका काम र समस्याबारे प्रधानमन्त्रीले जानकारी लिएका खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।


त्यसक्रममा क्रममा सचिवहरूले आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको यादवले बताएका छन् । उनले मन्त्रालयको आगामी रणनीतिबारे पनि प्रधानमन्त्रीले चासो देखाएको बताएका छन् ।

साना दललाई बोकेर प्रगति नभएपछि कांग्रेस-एमाले मिल्यौँ : शेखर कोइराला

विकास र समृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री गुरुङ

कारागार सुधारमा तीनै तहका सरकारको समन्वय आवश्यक स् गृहमन्त्री

त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली

जसपा नेपालका अध्यक्ष यादव आज राति फिलिपिन्स जाँदै

कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

प्रचण्डले भने- ०८४ मा एक्लै चुनाव लडेर जित्छौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।


प्रचण्डले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईँहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ।’

प्रचण्डलाई नेताहरूले भने- अब जनता र आफ्नै वर्गतिर फर्किनुको विकल्प छैन

रास्वपाको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

विशेषले राहत दिएपछि बैकुण्ठका पाँच तस्बिर

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट दोषी ठहर

निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक भोलि बस्ने

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

डीआईजी केसीको सरुवा प्रकरण संसद्‍मा, कांग्रेस-एमाले गठबन्धनमाथि उठ्यो प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीलाई सरुवा गरेर सरकारले नयाँ सत्तागठबन्धन बन्नुको औचित्य पुष्टि गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै ढकालले यस्तो आरोप लगाएका हुन् ।

रास्वपासहितको अघिल्लो सरकारले सुशासनको पक्षमा गरिरहेका काम र भ्रष्टाचारविरुद्धका अनुसन्धान रोकेर ठूला नेता जोगाउन कांग्रेस र एमालेले वर्तमान सत्तागठबन्धन बनाएको दाबी उनले गरे ।

‘यो गठबन्धन कुन उद्देश्यले बनेको भनेर हामी भनेका थियौँ, त्यो अब पुष्टि भयो,’ उनले भने, ‘सरकारले सदनबाट विश्वास पाएको केही दिनमै अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीको सरुवा गरिनु त्यसैको कारण हो।’

सांसदहरूले भने- विश्वमै सुरक्षित हवाइ यातायात नेपालमा चढ्नै डरमर्दो भयो

डीआईजी केसीको सरुवामा रास्वपापछि राप्रपाले पनि घेर्‍यो सरकारलाई

रास्वपाको आरोप-नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई मन्त्री बनाएर जोगाइयो

रास्वपालाई विश्वप्रकाशको जवाफ- रविले भ्रम छरे, फाइल खोलेकै कारण सरकार ढलेको होइन

पर्यटनमन्त्रीको जवाफ : जहाज पुरानो हुँदैन, नियमित परीक्षण र मर्मत चाहिन्छ

सौर्य एयरको विमान दुर्घटनाबारे अध्ययन सुरु भइसकेको छ : मन्त्री पाण्डे

नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन हो : माओवादी

सुर्खेतमा घर भत्किँदा एक किशोरी घाइते
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्ने वीरेनद्रनगर नगरपालिका–१३ मा वर्षातका कारण एक घर भत्किएको छ ।

वडा नम्बर १३ करेखोलामा स्थानीय खम्म बुढाको कच्ची घर वर्षातका कारण भत्किएको हो ।


वर्षातका कारण घर भत्किँदा बुढाकी अन्दाजी १५ वर्षीया छोरी सुशीला च्यापिएकी थिइन् ।

घर भत्किएर बालिका च्यापिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशीलाको घाइते अवस्थामा उद्धार गरेको छ ।

गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता, दुईको उद्धार

गोरखा पहिरो : घाइतेलाई उपचार गर्न काठमाडौँ लगियो

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द, सर्वसाधारण समस्यामा

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

हुप्सेकोटमा अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि

भारतलाई स्तब्ध बनाउँदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन
उपाधि दावेदार भारतललाई ८ विकेटले हराउँदै श्रीलंकाले एसीसी महिला एसिया कपको उपाधि उचालेको छ ।

श्रीलंकालाई पहिलो पटक उपाधि जिताउने क्रममा हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गरे ।


आइतबार भएको उपाधि भिडन्तमा यसअघिका चार संस्करणमा ब्यहोरेको हारको बदाल पनि श्रीलंकाले लिएको छ ।

भारतले दिएको १६६ रनको चुनौती पछ्याएको श्रीलंकाले ८ बल बाँकी हुँदै २ विकेटको क्षतिमा १६७ रन जोड्यो। श्रीलंकाका लागि अविजित रहेकी हर्षिता समरविक्रमले ६९ रन जोडिन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का हानिन् ।

पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण

बंगलादेशमा पुनः आन्दोलन गर्ने विद्यार्थीहरूको चेतावनी
बंगलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ ।

प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्यांकअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो ।


सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यू) आदेश लागू भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेताहरूसहित हजारौं प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

इरानका सर्वोच्च नेताले गरे पेजेस्कियनलाई आधिकारिक समर्थन

गोलान हाइट्सको फुटबल मैदानमा रकेट आक्रमण, १२ बालबालिकाको मृत्यु

मध्य चीनमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

अगरतला रेलवे स्टेसनमा २३ बंगलादेशी पक्राउ

अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नति गर्ने

क्यालिफोर्नियामा ठूलो आगलागी, अग्नि नियन्त्रकलाई चुनौती

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ५८ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको