ग्लोबल टी–२० : सन्दीप-दीपेन्द्र आबद्ध भ्यानकुभरले पहिले बलिङ गर्दै | Khabarhub Khabarhub

ग्लोबल टी–२० : सन्दीप-दीपेन्द्र आबद्ध भ्यानकुभरले पहिले बलिङ गर्दै


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर भ्यानकुभरले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

यसअघिका दुवै खेलमा गुमाएको भ्यानकुभरले आज पहिलाे जितकाे खाेजीमा हुने छ । ६ टोली सहभागी प्रतियोगितमा भ्यानकुभर पाँचौ स्थानमा छ । आजको खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी प्लेइङ –११ मा छन् ।

यसअघि शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको थियो ।

उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले दुई विकेट लिए थिए । पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। ब्याटिङतर्फ दीपेन्द्र भने चल्न सकेनन्। २ बलको सामना गरेका उनले १ रन मात्र जोडे। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडे।

भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको बंगला टाइगर्सले ७ विकेटको क्षतिमा १५३ रनको चुनौती दिएको थियो। उसका लागि इफ्तिखार अहमदले अर्धशतक बनाए। ४० बल खेलेका उनले नटआउट ५० रन बनाउन ६ चौका र एक छक्का प्रहार गरे।

सन्दीप र दीपेन्द्र सहभागी टिम भ्यानकुभरका लागि हर्ष ठाकरले नटआउट शानदार अर्धशतक बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। उनले ६७ बलको सामना गर्दै तीन चौका र पाँच छक्काको सहयोगमा ७९ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले टिकेर नखेल्दा भ्यानकुभरले लगातार दोस्रो खेल गुमाउनु परेको हो। पूरै २० ओभर खेलेको भ्यानकुभरले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।

भ्यानकुभरको पहिलो खेल
पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो।

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो। टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो।

सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो। रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए।

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ४७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस