अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्ट सार्वजनिक, दुई नेपाली खेलाडी सामेल | Khabarhub Khabarhub

अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्ट सार्वजनिक, दुई नेपाली खेलाडी सामेल


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ । सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गरिएको छ ।

यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन् । नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजबंशीलाई ड्राफ्टमा सामेल गरिएको छ । अब सेप्टेम्बर १ मा यसै सूचीबाट विभिन्न ८ फ्रेन्चाइजीले खेलाडीको चयन गर्ने छन् ।

बिग बास लिगमा खेलाडीलाई चार तहमा विभाजन गरिएको छ । प्लाटिनममा रहेका खेलाडीले बढीमा ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउँछन् भने गोल्डमा रहेका खेलाडीले ३ लाख डलर

पारिश्रमिक पाउँछन् । त्यस्तै सिल्भरमा रहेका खेलाडीले २ लाख डलर र ब्रोन्जमा रहेका खेलाडीले एक लाख डलरसम्म पारिश्रमिक पाउँछन् ।

नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन् । सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हुरिक्यान्सबाट खेलेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : २५ बजे

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा

यसरी बनाउनुहोस् घरमै गुलाब जल

काठमाडौं– गुलाब जल प्रायः छालाको हेरचाहमा समावेश हुन्छ। गुलाबजलले अनुहारलाई

पुनर्संरचना गर्न सके चतरा नहरमा सम्भव छ जल यातायात

काठमाडौं – सन् १९५४ मा कोशी सम्झौतापछि सुनसरी-मोरङका ६८००० हेक्टर

वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

वाग्मती– सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा वाग्मती प्रदेशमा सञ्चालित

आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी – लामो खडेरीले आँत्तिएका यहाँका किसानले अझै आकाश ताक्न