‘सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन तीनै तहका सरकार लागौँ’ « Khabarhub

‘सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन तीनै तहका सरकार लागौँ’


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

बुधबार भक्तपुरस्थीत भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी लगायत अत्याधुनिक स्वास्थ्य उपकरणबाट सेवा शुभारम्भ गर्दै पौडेलले सरकारी अस्पतालबाट जनताले लिने सेवा सुविधा बढाई सहज गर्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले तीनै तहका सरकार मिलेर अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताए । मन्त्री पौडेलले सरकारी अस्पतालको सेवा समयमा चिकित्सकहरूले पूर्ण रूपमा अस्पतालमा केन्द्रित हुनुपर्ने र कार्यालय समयपछाडि पनि आवश्यक परे सेवा दिनका लागि तयार हुनुपर्ने धारणा राखे ।

सरकारी अस्पतालको विद्युत् महशुसमा आधा छुट दिने गरी मन्त्रालयले सोच तयार गरिरहेको उनको भनाइ छ । उनले चिकित्सकको सुरक्षाको सम्पूर्ण ग्यारेन्टी सरकारले लिने बताए ।

यसैबीच देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।

संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : ४२ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका