‘भ्रष्टाचारका फाइल खोल्न सकेन, अब यो सरकारसँग कुनै आश छैन’ « Khabarhub

‘भ्रष्टाचारका फाइल खोल्न सकेन, अब यो सरकारसँग कुनै आश छैन’


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले सरकारले गरेको राजदूत सिफारिसप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै यादवले समानुपातीक समावेशितालाई ख्याल नगरि राजदूत सिफारिस गरिएको भन्दै आपत्ति जनाए ।

उनले संविधानमा रहेको व्यवस्थालाई सरकारले मान्नुपर्छ की पर्दैन भन्दै प्रश्नसमेत गरे । पहिलो र दोश्रो दल मिलेर बनेको सरकार अन्तिम विकल्प भए पनि सरकार ट्रंकलाइनमा अल्झिएको उनले बताए ।

यादवले ठूला कुरा गरेर कुनै काम नगर्न नसक्ने अवस्थामा वर्तमान सरकार देखिएको धारणा राखे । अहिलेको सरकारले भ्रष्टाचारका कुनै फाइल खोल्न नसक्दा जनतामा आशा नदेखिएको उनको भनाइ छ ।

उनले भ्रष्टाचार कसुरमा पाँच वर्ष हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै कुनै हदम्याद नचाहिने स्पष्ट पारे । टुँडिखेलमा जनताले नेताहरूप्रति गरेको विरोध प्रारम्भीक संकेत भएकाले सुध्रनुको विकल्प नरहेको पनि उनले बताए ।

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ५७ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने