माओवादी केन्द्रको दुई प्रदेशमा परामर्श बैठकको कार्यतालिका हेरफेर | Khabarhub Khabarhub

माओवादी केन्द्रको दुई प्रदेशमा परामर्श बैठकको कार्यतालिका हेरफेर


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले दुई प्रदेशमा परामर्श समितिको बैठक कार्यतालिका हेरफेर गरेको छ । सम्बन्धित प्रदेशका इञ्चार्जहरुसँगको परामर्शअनुसार प्रदेश नम्बर १ र मधेश प्रदेशको परामर्श समितिको बैठक तालिका परिवर्तन गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

जसअनुसार १ नम्बर प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २२ र २३ गते हुनेछ भने मधेश प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते हुनेछ । यसअघि भदौ २२ र २३ गते मधेश प्रदेश तथा भदौ २४ र २५ गते १ नम्बर प्रदेशको बैठक तोकिएको थियो । अन्य प्रदेशमा भने पूर्व निर्धारित कार्यतालिका अनुसार नै बैठक गर्ने सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्रले  बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय र गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा तथा प्रदेश पदाधिकारीहरूको बैठक गरिसकेको छ भने आज र भोलि सुदूरपश्चिम प्रदेशमा बैठक गर्दैछ । त्यस लगत्तै भदौ १४ र १५ गते कर्णाली तथा १६ र १७ गते लुम्बिनी प्रदेशको बैठक गर्ने कार्यकतालिका रहेको छ ।

त्यस्तै १८ र १९ गते केन्द्रीय आयोगका सदस्यहरूको बैठक राखिएको छ भने भदौ २७ र २८ गते जबस मोर्चा र विभागतमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक बस्दै छ । भदौ ३१ र असोज १ गते प्रवासमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक राखिएको छ भने असोज २ र ३ गते जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूसँगको परामर्श बैठक राखिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ८ : १४ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने