त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा « Khabarhub

त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गोरखा– अविरल बर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् ।

गोरखा र धादिङ्ग तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

बाढीले आज बिहान गोरखाको सहिद लखन गाउँपालिका–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको उनले बताए। बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो ।

सोही नदीमा आएको बाढीका कारण थप तीन पुल बाढीको उच्च जोखिममा परेको श्रेष्ठको भनाइ छ । बाढीका कारण गोरखाको सहिद लखन–३ सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेका छन् ।

त्यस्तै गोरखाको गण्डकी गाउँपालिका–७ धवादीघाटधादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका–६ स्थित हिक्लुङ्गमा रहेको झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको उनले बताए। उक्त झोलुङ्गे पुल गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि भर्खरै मात्र मर्मत गरिएको थियो ।

सोही ठाउँमा रहेको अर्को एक झोलुङ्गे पुल समेत बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । बाढीको जोखिममा रहेका सबै पुलबाट अहिले आवातजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ३० बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी