पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी फुटबलरहरूको शव भेटियो | Khabarhub Khabarhub

पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी फुटबलरहरूको शव भेटियो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालकमध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल छन् ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयका दुवै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरू पहिरोमा पुरिएर बेपत्ता भएका थिए । खोजबिनका क्रममा उनीहरू सबै ६ जना बालकको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेको एन्फाले जनाएको छ । सबैको शव पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सकुशल अन्य विद्यार्थीहरुलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइने भएको छ । मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।

अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ४३ बजे

आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद चाँडो टुङ्ग्याउन चिकित्सक संघको ध्यानाकर्षण 

काठमाडौं– आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे हुन लागेको

रविको मुद्दामा सोविताले कांग्रेस-एमालेलाई भनिन्- सत्ताको आडमा अदालतलाई आदेश दिन नखोज्नू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीकी सांसद सोविता गौतमले ठूला दलका नेताहरूलाई

पोषणविद् भन्छन्- भात जतिखेर पनि खानुहुन्न 

काठमाडौं– भात हरेक नेपालीको भान्सामा फरक तरिकाले तयार गरिन्छ । अधिकांश

क्रान्तिकारीको चुनावमा फेरि झमेला, मतपत्रमा पानी खन्याएपछि गणना स्थगित

काठमाडौं- नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा अर्को झमेला सुरु

एमाले र कांग्रेसबीचको सहकार्य मजबुत छ : महासचिव पोखरेल

महोत्तरी– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई