प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध « Khabarhub

प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

प्यूठान – प्यूठानमा दुई घर भत्किएका छन् । निरन्तरको वर्षाका कारण गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक गरी दुई घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौमुखी गाउँपालिका–३ कोरबाङका विष्णु सेन र स्वर्गद्वारी नगरपालिका–३ धापधाराका तेजबहादुर नेपालीको कच्ची घरमा पानी चुहिएर भत्किएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

उनका अनुसार पीडितहरूलाई उद्धार गरी आफन्तको घरमा राखिएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीको प्रहरी ‘डिउटी’ बस्ने पोष्ट, पर्खाल र भरिएका हतियारहरू खाली गर्ने ठाउँसमेत भत्किएको उनको भनाइ छ ।

वर्षाका कारण पहिरो जाने, लेदो झर्ने हुँदा प्यूठानको मुख्य सडक भालुबाङ–प्यूठान सडकबाहेकका सडकहरू अवरुद्ध भएका छन् । लामो प्रयासपछि भालुबाङ–प्यूठानमा पर्ने गर्जेनी, सिमलचौर, खहरेलगायत ठाउँबाट अवरोध खोलिएको हो ।

प्यूठान–तिराम–घोराहीसहित जिल्लाका बजारलाई जोड्ने सबै सडकहरू अवरुद्ध भएको सूचना अधिकारी केसीले जानकारी दिए । सडक अवरुद्ध र वर्षा चलिरहेका कारण जिल्लामा क्षति विवरण आउन सकेको छैन । वर्षा रोकिएपछि वर्षाले गरेको क्षति विवरण आउने सूचना अधिकारीको भनाइ छ ।

जिल्लाभर वर्षा नरोकिएकाले क्षति विवरण आउन सकेको छैन । हाल उपलब्ध जानकारीअनुसार प्यूठान नगरपालिका–१ खैरास्थित झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा बाढी पसी माछा बगाउँदा पाँच लाखको क्षति भएको छ ।

फर्ममा बढी पानी परेपछि पाँचवटा पोखरीमा रहेको सबै माछा बगाएको फर्मका सञ्चालक भोजबहादुर बस्नेतले जानकारी दिनुभयो । सञ्चालक बस्नेतका अनुसार पाँचवटा पोखरीमा रहेको सबै माछा बगाउँदा करिब पाँच लाख बराबरको क्षति पु¥याएको हो ।

छपन्न रोपनी क्षेत्रफलमा १० वटा पोखरीमध्ये पाँचवटा पोखरी भत्काइदिएको छ । फर्ममा क्षति पु¥याइदिएको भन्दै बस्नेतले नगरपालिकाको विपद् व्यवस्थापनले समन्वय गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०६ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष