आज २०८१ साल कात्तिक १२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १२ गते सोमबारको राशिफल


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १२ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर २८ तारिख। कात्तिक कृष्ण पक्षको एकादशी तिथि। रमा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सम्पत्ति जोगाउने दिन छ। मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा जोश बढ्नेछ। विपक्षी तपाईंको साथमा भएकाले निधक्कसँग सोचेको काम गर्नु राम्रो हुनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

वृष : धेरै बोलेमा समस्या हुने भएकाले थोरै बोलेर जित्ने दिन छ। साना कुराले छिटो रिस उठ्ने भएकाले ठुलो मन बनाएर अगाडि बढ्नुपर्ने छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा भने राम्रो घुलमिल हुनेछ।

मिथुन : बन्धुको सहयोग लिएर अगाडि बढ्ने दिन छ। प्राविधिक शिक्षामा गरेको लगानीले तपाईंलाई खुशी बनाउने छ। विपक्षी साथीले असहयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको झुकाव रहनेछ। परिवारले रचनात्मक साथ र सहयोग दिनेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। साथीभाइ दाहिना भएकाले वैदेशिक लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : बोलीको प्रभावले तपाईंको नाम र दाम बढ्नेछ। मनको गोपनीयता खोल्ने बानीले समस्या हुनसक्छ। बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। खानपानमा रुचि नहुँदा स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : सञ्चित धन खर्च गर्ने दिन छ। खर्च कटौती गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा झुकाब रहे सेवाको अवसर प्राप्त हुनेछ। परिवारले तपाईंलाई साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। घुम्ने अवसर प्राप्त हुँदा दिन सहजै बित्नेछ।

तुला : आजको दिन दैनिक क्रियाकलाप भन्दा फरक ढंगले अगाडि बढाउनुपर्नेछ। गुरुले आलोचना गर्दा सचेत बन्नुपर्नेछ। साथीभाइको नकारात्मक टिप्पणी सुनेर सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्राराम्रा काम बन्नेछन्। आजको निर्णयले दीर्घकालसम्म काम गर्नेछ। भाग्यकोस्थानमा उच्च चन्द्रमा भएकाले शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

धनु : भाग्यस्थानमा चन्द्रमा भएकाले दिन सहज बन्नेछ। राज्यका अंगमा तपाईंले गरेको प्रयास सफल हुनेछ। तपाईंको जागिरमा बढुवा हुनेछ। बोल्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अन्त्य साढेसातीदशा चल्दैछ। सञ्चित धनको खर्च अनुत्पादक क्षेत्रमा हुने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा अवरोध हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज हुनेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। सप्तम भावमा उच्च चन्द्रमा भएकाले परिवारको साथ दिनेछ। लगानीको क्षेत्रबाट नाफा हुनेछ। व्यापारमा फाइदा हुने योग छ। मध्य साढेसाती दशा भएकाले वर र पिपलको दर्शन गर्नसके दिन रमाइलो बन्नेछ।

मीन : तपाईंको हातबाट भएको खर्च अनुत्पादित क्षेत्रमा जानसक्छ। परिवारसँग सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ। प्राविधिक शिक्षामा गरेको परिश्रमबाट लाभ हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ५३ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका