गोंगबु बसपार्कमा सवारी साधन स्टिकर अभियान सम्पन्न « Khabarhub

गोंगबु बसपार्कमा सवारी साधन स्टिकर अभियान सम्पन्न


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सडक दुर्घटना न्यूनिकरणको उद्देश्यले मैनादेवी फाउण्डेसन (एमडीएफ), नेपाल टेलिकम, नेपाल प्रहरी, र आरओएनबीको संयुक्त सहकार्यमा गोंगबु बसपार्कमा सवारी साधन स्टिकर अभियान सफलतापूर्वक सम्पन्न भएको छ। 

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रहरी उपरीक्षक (एसपी) सञ्जय राउत रहेका थिए भने कार्यक्रममा चर्चित युट्युबर टोंडे गेमर, नेपाल टेलिकमका उप- प्रबन्धक नवीन मिश्र, करिब १०० जना स्वयंसेवक, र २०० जना ट्राफिक प्रहरी उपस्थित थिए।

यो अभियानको मुख्य उद्देश्य सडक दुर्घटनामा कमी ल्याउनुका साथै यात्रुबाहक सवारी साधनलाई थप सुरक्षित र जनचेतनामूलक बनाएका थिए। दशैं–तिहारको चाडपर्वलाई लक्षित गर्दै यो अभियानलाई विशेष महत्त्व दिइएको थियो। यस अवसरमा करिब ५०० वटा सार्वजनिक सवारी साधनमा सडक सुरक्षाका सन्देशसहितका स्टिकरहरू टाँसिएको थियो।

सडक सुरक्षामा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने उद्देश्यले गरिएको यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण स्वयंसेवकहरूको उत्तिकै योगदान रहेको थियो। कार्यक्रमको क्रममा एसपी सञ्जय राउतले यस्तो अभियानले मानिसहरूलाई आफ्नो सुरक्षाप्रति सचेत बनाउन मद्दत पुग्ने र सडक दुर्घटनामा कमी ल्याउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।

साथै, एमडीएफका अध्यक्ष केपी खनालले सडक सुरक्षामा यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन आफूहरू कटिबद्ध रहेको बताए।

नेपाल प्रहरी, नेपाल टेलिकम र स्थानीय स्वयंसेवकहरूको सहकार्यमा सम्पन्न यो अभियानले सबैमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : २८ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली