रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन रास्वपाको माग | Khabarhub Khabarhub

रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन रास्वपाको माग


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणमा ९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार बोल्दै रास्वापा सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो भनेकी हुन् ।

‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध छ । थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोचिदिनु होला’, उनले भनिन् । उनले उक्त आग्रह गर्दा गृहमन्त्री लेखक पनि बैठकमा सहभागी थिए ।

उनले बैठकमा सभापति लामिछाने चुनावबाट १२ लाख मतदाताले पत्याएको नेता भएको पनि जिकिर गरिन् । संसद्‍को चौथो ठूलो पार्टीको सभापति भएकाले पनि उनलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरिन् । लामिछानेलाई लाखौँ मतदाताले विश्वास गरेकाले उनको पक्षमा भइरहेको प्रदर्शनलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने जिकिर पनि उनको थियो ।

उनले रास्वपाको प्रदर्शनका क्रममा अदालतमा पुगेको मुद्दा प्रभावित पार्ने प्रयास भइरहेको भनेर गरेको टिप्पणीमा आपत्ति जनाइन् । ‘अहिले सभापतिमाथि लागेको कसुरबारे अनुसन्धान भइरहेको छ । मुद्दा अदालतसम्म पुगेकै छैन’, उनले भनिन्, ‘त्यसैले अदालत प्रभावित पार्न खोजिएको भन्नु गलत हो ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ०८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका