राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता अर्याल सम्मानित « Khabarhub

राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता अर्याल सम्मानित


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल पुरस्कृत तथा सम्मानित भएका छन्  । नागरिक समूहद्वारा सोमबार आयोजित राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अर्याल पुरस्कृत तथा सम्मानित भएका हुन्  ।

युवा अभियानमार्फत विश्वभरका युवालाई जोड्न १० वर्षदेखि क्रियाशील अर्याललाई सम्मानित गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताए  ।

यसअघि यसै पुरस्कारबाट पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपरथी डा रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रूइत पुरस्कृत तथा सम्मानित भइसकेको अध्यक्ष हुमागाईंले बताए ।

पुरस्कार निर्णायक समितिका तर्फबाट बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ‘ग्लोबल युथ पार्लियामेन्ट’मार्फत विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनोट गर्न पाउँदा गर्व लागेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै पुरस्कृत तथा सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गर्दा युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए ।

युवा अभियानलाई समाजप्रति योगदान दिन सक्ने र देशलाई विश्व रङ्गमञ्चमा चिनाउने लक्ष्यलाई प्रोत्साहन मिलेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : १५ बजे

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई