फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक भन्छन्- ब्रह्मानन्दमको भूमिका जितुलाई प्रस्ताव गरिएको थियो « Khabarhub

फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक भन्छन्- ब्रह्मानन्दमको भूमिका जितुलाई प्रस्ताव गरिएको थियो


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । भारतीय कलाकारहरुले अभिनय रहेका कारण फिल्मले चर्चा बटुलेको छ ।

चर्चासँगै ‘भारतीय कलाकारको सट्टामा नेपाली कलाकारलाई स्थान दिइएको भए हुन्थ्यो’ भन्ने आलोचनात्मक टिप्पणी पनि निर्माण पक्षले सुन्नु परेको छ ।

फिल्म र प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंको हात्तिसारमा आयोजना गरिएको पत्रकार सम्मेनलमा निर्देशक पन्तले यसबारे स्पष्ट पारेका छन् ।

नेपाली कलाकारहरुले प्रस्ताव अस्वीकार गरेका र केही सहमतिबाट पछि हटेका कारण यो परिस्थिति आएको उनले खुलाए ।

उनका अनुसार महानायक राजेश हमालले अस्वीकार गरेको एक भूमिकामा भारतीय कलाकार अनुबन्ध भएका हुन् ।

उनी भन्छन्, ‘राजेश हमालले गर्दिनँ भनेर स्पष्ट भन्नुभयो । अनि हामीले भारतीय कलाकार लिएका हौं ।’  यद्यपि उनले राजेशले अस्वीकार गरेको भूमिकाबारे भने खुलाएनन् ।

त्यस्तै, भारतीय कलाकार कलाकार ब्रह्मानन्दम निर्वाह गरेको भूमिका पहिला हास्यकलाकार जितु नेपाललाई प्रस्ताव गरिएको पन्तको दाबी छ ।

यो पनि…

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

फिल्म ‘ह्यारी कि प्यारी’का लागि जितु सहमतिबाट पछि हटेपछि उत्तम विकल्प खोज्ने क्रममा भारतीय कलाकारलाई लिइएको उनी बताउँछन् ।

भन्छन्, ‘धेरै कलाकारले हामीले गरेको प्रस्ताव अस्वीकार गर्नुभयो । उहाँहरुको उत्तम विकल्प खोज्ने क्रममा हामीले भारतीय कलाकार खोज्नुपर्ने भयो ।’

पन्तले ब्रह्मानन्दमलाई अनुबन्ध गर्दाको जटिलताको पनि सुनाए । धेरै च्यानबाट फिल्मको प्रस्ताव लैजादा अस्वीकार गरेपछि आफैँ उनको हैदराबादस्थित उनको घरमा पुगेको किस्सा पन्तले सुनाए ।

‘ब्रह्मानन्दमले पछिल्लो समय फिल्म नै गर्नुभएको छैन । उहाँ फिल्म नगर्ने मनस्थितिमा हुनुहुन्छ । सोहीकारण मैले प्रस्ताव लगेको च्यानलले काम गरेन,’ उनले थपे, ‘म आफैँ घर गएँ र प्रस्ताव गरेपछि मान्नुभयो । घरै गएकाले होला १० मिनेटमै फिल्म गर्न राजी हुनुभयो ।’

पन्तका अनुसार हैदरावादमै छायाङ्कन गर्ने सर्तमा ब्रह्मानन्दम अभिनय गर्न राजी भए । सोही कारण उनको अंशको छायाङ्कन भारतमा नै भएको हो ।

फिल्म गर्ने सहमति पश्चात ब्रह्मानन्दमसँग भएको रोचक संवाद पनि पन्तले सुनाए  । ब्रह्मानन्दमले उनलाई ठट्यौली शैलीमा भनेका थिए रे, ‘फिल्म त गर्ने भएँ तर झापडको सिन नराख्नू ।’

प्रायः हरेक फिल्ममा झापड खाएको दृश्य समावेश हुने भएकाले ब्रह्मानन्दमले त्यसो भनेका हुन् । तर, नेपाली फिल्ममा पनि ब्रह्मानन्दम झापडको दृश्यबाट उम्कन पाएनन् । ‘ह्रस्व दीर्घ’ टिजरमा नै उनले झापड खाएको दृश्य समावेश गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : २८ बजे

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल