भिनीले नजित्ने भएपछि रियलले बहिष्कार गर्‍यो ‘बालोन डि’ओर अवार्ड’ सेरोमनी « Khabarhub

भिनीले नजित्ने भएपछि रियलले बहिष्कार गर्‍यो ‘बालोन डि’ओर अवार्ड’ सेरोमनी


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस महारथी रियल म्याड्रिडले सोमबार राति फ्रान्सको पेरिसमा हुना लागेको बालोन डि‘ओर अवार्ड सेरोमनी बहिष्कार गरेको छ ।

खेलसम्बन्धी रिपोर्टका अनुसार यसअघि भिनिसियस जुनियरले बालोन डि’ओर जित्ने बताइएको थियो ।

तर अन्तिम समयमा म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको हो । उसले पेरिसका लागि बुक भइसकेको उडान पनि रद्ध गरेको छ ।

अहिले रोड्रीसहित कयौं सुपर स्टार फुटबलरहरू पेरिस पुगेका छन् । तर रियल म्याड्रिडका खेलाडी अनुपस्थित छन् ।

यसअघि मिडियामा लिक भएको एक अंक सूची अनुसार भिनिसियसले बालोन डि’ओर जित्ने बताइएको थियो ।

यस वर्षको बालोन डि’ओर अवार्ड  राति घोषणा हुँदै छ । सन् २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड दिन लागिएको हो ।

फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउँदै छन् ।

यसअघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेनन् । गत वर्ष यो अवार्ड मेसीले जितेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ३० बजे

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र