भिनीले नजित्ने भएपछि रियलले बहिष्कार गर्‍यो ‘बालोन डि’ओर अवार्ड’ सेरोमनी « Khabarhub

भिनीले नजित्ने भएपछि रियलले बहिष्कार गर्‍यो ‘बालोन डि’ओर अवार्ड’ सेरोमनी


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस महारथी रियल म्याड्रिडले सोमबार राति फ्रान्सको पेरिसमा हुना लागेको बालोन डि‘ओर अवार्ड सेरोमनी बहिष्कार गरेको छ ।

खेलसम्बन्धी रिपोर्टका अनुसार यसअघि भिनिसियस जुनियरले बालोन डि’ओर जित्ने बताइएको थियो ।

तर अन्तिम समयमा म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको हो । उसले पेरिसका लागि बुक भइसकेको उडान पनि रद्ध गरेको छ ।

अहिले रोड्रीसहित कयौं सुपर स्टार फुटबलरहरू पेरिस पुगेका छन् । तर रियल म्याड्रिडका खेलाडी अनुपस्थित छन् ।

यसअघि मिडियामा लिक भएको एक अंक सूची अनुसार भिनिसियसले बालोन डि’ओर जित्ने बताइएको थियो ।

यस वर्षको बालोन डि’ओर अवार्ड  राति घोषणा हुँदै छ । सन् २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड दिन लागिएको हो ।

फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउँदै छन् ।

यसअघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेनन् । गत वर्ष यो अवार्ड मेसीले जितेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ३० बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका