प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने « Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने भएका छन् ।

ओली चार दिने उत्तरी छिमेकीको यात्रा सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका छ ।

चीन भ्रमणको तयारीको लागि ओलीले बिहीबार मात्रै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई चीनतर्फ पठाइसकेका छन् । राणा चीनको छेन्दुमा पुगिसकेकी छन् ।

ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे पनि छलफल गर्ने भएका छन् । तर सत्ता सहयात्री नेपाली कांग्रेसको असहमतिका कारण बीआरआईअन्तर्गतका परियोजना तत्कालै कार्यान्वयनमा जाने सम्भावना न्यून छ ।

दुवै दलले बीआरआईबारे साझा धारणा बनाउन अनौपचारिक रुपमा कार्यदल गठन गरेका थिए।

अनौपचारिक कार्यदलमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा तथा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र अधिवक्ता सेमन्त दाहाल थिए।

कार्यदलले अनौपचारिक रूपमा नै बिआरआई कार्यान्वयन योजनाको मस्यौदाका आधारमा सुझाव र धारणा पेस गरेको थियो। त्यसबारे दुबै दलले मुख खोलेका छैनन्।

तसर्थ, बीआरआई परियोजनाको अन्योल यथावत् रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

कार्यदलले अनौपचारिक रूपमा नै बीआरआई कार्यान्वयन योजनाको मस्यौदाका आधारमा सुझाव र धारणा पेस गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि