मानव बेचबिखनको आरोपमा एक जना पक्राउ « Khabarhub

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान – प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी कञ्चनरूप नगरपालिका–१२ बस्ने २६ वर्षीय सनोज सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

 ‘भारतमा काम गर्ने मानिसको आवश्यकता छ, भनेको जस्तो तलब पाइन्छ’ भनी प्रलोभन देखाएर भारततर्फ लगिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका सदालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए। उनका अनुसार चारै जना बालिकालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : १४ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको